काठमाडौं। इडेन हाजार्डले गोल गरेको दिन साविक विजेता रियाल मड्रिडले आज स्पेनिस ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गरेको छ।

चेल्सीबाट २०१९ मा रियाल मड्रिड आएका हाजार्डले रियालमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन्। उनी चोटका कारण लामो समय मैदान बाहिरै रहेका थिए। हाजार्डले ४०औं मिनेटमा गरेको गोलमा रियाल अग्रता लिएको थियो।

फेडरिको भाल्भार्डेले दिएको पास नियन्त्रणमा लिएर हाजार्डले झन्डै ३० यार्डबाट बायाँ खुट्टाले हानेको प्रहारलाई हुएस्काका गोलकिपर आन्दे्रस फर्नान्डेजले ठम्याउन सकेनन्। रियालबाट हाजार्डको यो दोस्रो गोल हो। उनले पहिलो गोल गरेको ३९२ दिनपछि दोस्रो गोल गरेका हुन्। जारी सिजन हाजार्डले रियालबाट खेलेको यो पहिलो खेल हो।

४५औं मिनेटमा करिम बेन्जेमाले अग्रता दोब्बर बनाए। बेन्जेमाले लुकास भाजक्वेजको पासमा गोल गरेका थिए। ५४औं मिनेटमा भालभार्डेले तेस्रो गोल थपे। अन्तिम मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियालले घरेलु मैदानमा तीन अंक पक्का गरेको थियो। डेबिड फेरेइनोले ७४औं मिनेटमा गरेको गोल भ्रमणकारी हुएस्काका लागि सान्त्वना बन्यो।

जीतसँगै रियाल १६ अंकका साथ शीर्ष स्थानमा छ। रियालले सात खेलबाट १६ अंक जोडेको हो। समान सात खेलबाट १४ अंक जोडेको रियाल सोसिडाड दोस्रो स्थानमा छ। आठ खेलबाट पाँच अंक जोडेको हुएस्का १८औं स्थानमा छ।

" /> काठमाडौं। इडेन हाजार्डले गोल गरेको दिन साविक विजेता रियाल मड्रिडले आज स्पेनिस ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गरेको छ।

चेल्सीबाट २०१९ मा रियाल मड्रिड आएका हाजार्डले रियालमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन्। उनी चोटका कारण लामो समय मैदान बाहिरै रहेका थिए। हाजार्डले ४०औं मिनेटमा गरेको गोलमा रियाल अग्रता लिएको थियो।

फेडरिको भाल्भार्डेले दिएको पास नियन्त्रणमा लिएर हाजार्डले झन्डै ३० यार्डबाट बायाँ खुट्टाले हानेको प्रहारलाई हुएस्काका गोलकिपर आन्दे्रस फर्नान्डेजले ठम्याउन सकेनन्। रियालबाट हाजार्डको यो दोस्रो गोल हो। उनले पहिलो गोल गरेको ३९२ दिनपछि दोस्रो गोल गरेका हुन्। जारी सिजन हाजार्डले रियालबाट खेलेको यो पहिलो खेल हो।

४५औं मिनेटमा करिम बेन्जेमाले अग्रता दोब्बर बनाए। बेन्जेमाले लुकास भाजक्वेजको पासमा गोल गरेका थिए। ५४औं मिनेटमा भालभार्डेले तेस्रो गोल थपे। अन्तिम मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियालले घरेलु मैदानमा तीन अंक पक्का गरेको थियो। डेबिड फेरेइनोले ७४औं मिनेटमा गरेको गोल भ्रमणकारी हुएस्काका लागि सान्त्वना बन्यो।

जीतसँगै रियाल १६ अंकका साथ शीर्ष स्थानमा छ। रियालले सात खेलबाट १६ अंक जोडेको हो। समान सात खेलबाट १४ अंक जोडेको रियाल सोसिडाड दोस्रो स्थानमा छ। आठ खेलबाट पाँच अंक जोडेको हुएस्का १८औं स्थानमा छ।

"> रियालको जितमा हाजार्डको उत्कृष्ट गोल: Dekhapadhi हाजार्डले ४०औं मिनेटमा गरेको गोलमा रियाल अग्रता लिएको थियो।
• रियालबाट हाजार्डको यो दोस्रो गोल हो।
• जीतसँगै रियाल १६ अंकका साथ शीर्ष स्थानमा छ।

रियालको जितमा हाजार्डको उत्कृष्ट गोल
काठमाडौं। इडेन हाजार्डले गोल गरेको दिन साविक विजेता रियाल मड्रिडले आज स्पेनिस ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गरेको छ।

चेल्सीबाट २०१९ मा रियाल मड्रिड आएका हाजार्डले रियालमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन्। उनी चोटका कारण लामो समय मैदान बाहिरै रहेका थिए। हाजार्डले ४०औं मिनेटमा गरेको गोलमा रियाल अग्रता लिएको थियो।

फेडरिको भाल्भार्डेले दिएको पास नियन्त्रणमा लिएर हाजार्डले झन्डै ३० यार्डबाट बायाँ खुट्टाले हानेको प्रहारलाई हुएस्काका गोलकिपर आन्दे्रस फर्नान्डेजले ठम्याउन सकेनन्। रियालबाट हाजार्डको यो दोस्रो गोल हो। उनले पहिलो गोल गरेको ३९२ दिनपछि दोस्रो गोल गरेका हुन्। जारी सिजन हाजार्डले रियालबाट खेलेको यो पहिलो खेल हो।

४५औं मिनेटमा करिम बेन्जेमाले अग्रता दोब्बर बनाए। बेन्जेमाले लुकास भाजक्वेजको पासमा गोल गरेका थिए। ५४औं मिनेटमा भालभार्डेले तेस्रो गोल थपे। अन्तिम मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियालले घरेलु मैदानमा तीन अंक पक्का गरेको थियो। डेबिड फेरेइनोले ७४औं मिनेटमा गरेको गोल भ्रमणकारी हुएस्काका लागि सान्त्वना बन्यो।

जीतसँगै रियाल १६ अंकका साथ शीर्ष स्थानमा छ। रियालले सात खेलबाट १६ अंक जोडेको हो। समान सात खेलबाट १४ अंक जोडेको रियाल सोसिडाड दोस्रो स्थानमा छ। आठ खेलबाट पाँच अंक जोडेको हुएस्का १८औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्