काठमाडौं। रक्षक काइल वाल्करले गरेको गोलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आज सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।
भ्रमणकारी सिटीका रक्षक वाल्करले २० यार्डबाट हानेको प्रहार सेफिल्डका गोलकिपर आरोन राम्सडेलले बचाउन सकेनन्। वाल्करले २८औं मिनेटमा गरेको त्यही गोल सिटीको जितमा निर्णायक बन्यो।
जितसँगै ६ खेलबाट ११ अंक जोडेको सिटी सातौं स्थानमा उक्लिएको छ। सिटीले यसअघि पछिल्लो चार लिग खेलमध्ये एक खेलमा मात्र विजय हासिल गरेको थियो।
पराजित सेफिल्ड युनाइटेडले सात खेलबाट एक अंकमात्र जोडेको छ। जारी सिजन लय भेट्टाउन संघर्षरत सेफिल्ड युनाइटेड रेलिगेसन क्षेत्रमा छ।