मोरङ। विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सिरदेखि पूरा हुने भएको छ।
वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो।
सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडाैंको दशरथ रङ्गशालापछि यो दोस्राे रहेको मानिन्छ।
प्रदेश सरकारको पाँच करोड रुपैयाँको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो। विराटनगरको सहिद रङ्गशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री आज रङ्गशालाको मैदान आइपुगेको छ। जडान गर्ने कार्य आगामी मङ्सिरभित्रमा काम सम्पन्न हुनेछ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो। सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताए।
ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड-१९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए। रासस
" /> मोरङ। विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सिरदेखि पूरा हुने भएको छ।वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो।

">