काठमाडौं। कोभिड–१९ महामारीको दोस्रो लहरका कारण फ्रान्समा पुरुष र महिला फ्रेन्च कपका खेलहरु स्थगित भएका छन्। कोभिड–१९ बाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि फ्रेन्च कपका खेलहरु डिसेम्बर एक सम्मका लागि स्थगित गरिएको हो।
फ्रान्स फुटबल संघले सबै एमेच्योर फुटबल खेलहरु पनि स्थगित गरेको छ। कोभिड–१९ का कारण फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नोभेम्बर अन्तिम सम्मका लागि दोस्रो पटक देशभर लकडाउनको घोषणा गरेका थिए।
पुरुष फुटबलको शीर्ष श्रेणीका तीन लिग (लिग वान, लिग टु र नेशन) तथा महिला फुटबलको शीर्ष श्रेणीको लिगले भने निरन्तरता पाउने छन्।
खेलकुद मन्त्री रोक्साना मारासिनेनुले एलिट खेलकुदलाई बन्द रंगशालामा निरन्तरता दिइने बताएका थिए। फ्रान्समा शुक्रबारबाट मेडिकल र अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन पाउने नियम लागु गरिएको छ।
फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। बुधबार ३६ हजार ४३७ संक्रमितको नयाँ संख्या फेला परेको थियो। त्यस्तै २४४ जनाको मृत्यु भएको थियो।
अप्रिलमा महामारीको पहिलो लहर चल्दा फ्रान्सको लिग वान २०१९/२० सिजन बीचमै रद्द गरिएको थियो।