काठमाडौं। युरोपा लिगमा गएराति रोयल एन्टरेपसँग १-० ले पराजित भएपछि टोटेनह्यामका प्रशिक्षक प्रशिक्षक जोजे माउरिन्होले भविष्यमा आफूलाई टीम छनोट गर्न धेरै सजिलो हुने बताएका छन्।
बेल्जियममा आफूले विश्वास गरेको केही खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुन नसकेपछि माउरिन्होले दोस्रोको सुरुमै चार खेलाडी परिवर्तन गरेका थिए। माउरिन्होले डिले अली, स्टेभन बर्जविन, जियोभानी लो सेल्सो र कार्लोस भिनिसियसलाई बेन्चमा बोलाएका थिए।
‘‘दोस्रो हाफमा मलाई पूरै ११ खेलाडी परिवर्तन गर्न मन थियो,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।
२४ वर्षे अली यस सिजन तीन खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भएका छन्। उनी एक महिनाभन्दा धेरै समयपछि पहिलो रोजाइमा पर्न सफल भएका थिए। नियमित टीममा स्थान बनाउने अली पहिलो पटक एक महिनापछि टीममा परेका हुन्।
‘‘म व्यक्तिगतरूपमा विश्लेषण गर्न चाहन्न। मलाई त्यस्तो गर्नु ठीक लाग्दैन,’’ माउरिन्होले भने, ‘‘हामीसँग राम्रो खेलाडी भएको ठूलो टीम छ। उनीहरूलाई मौका दिनु मेरो जिम्मेवारी हो। आजको खेलबाट मलाई भविष्यमा टीम छनोट गर्न सजिलो भएको छ।’’
टोटेनह्याम फर्किएका गारेथ बेलले पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्। उनलाई दोस्रो हाफमा ह्यारी केनले प्रतिस्थापन गरेका थिए।
जितसँगै रोयल एन्टरेप ६ अंकका साथ शीर्ष स्थानमा छ। तीन अंक जोडेको टोटेनह्याम समूह ‘जे’ को दोस्रो स्थानमा छ। समूहको अर्को खेलमा लास्कले लुडोगोरेट्ज रजग्राडलाई ४–३ ले पराजित गर्याे।
" /> काठमाडौं। युरोपा लिगमा गएराति रोयल एन्टरेपसँग १-० ले पराजित भएपछि टोटेनह्यामका प्रशिक्षक प्रशिक्षक जोजे माउरिन्होले भविष्यमा आफूलाई टीम छनोट गर्न धेरै सजिलो हुने बताएका छन्।बेल्जियममा आफूले विश्वास गरेको केही खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुन नसकेपछि माउरिन्होले दोस्रोको सुरुमै चार खेलाडी परिवर्तन गरेका थिए। माउरिन्होले डिले अली, स्टेभन बर्जविन, जियोभानी लो सेल्सो र कार्लोस भिनिसियसलाई बेन्चमा बोलाएका थिए।

">