काठमाडौं। ज्लाटन इब्राहिमोभिच पेनाल्टीमा गोल गर्न चुकेको खेलमा एसी मिलानले युरोपा लिगमा स्पार्टा प्रागुएलाई ३–० ले पराजित गरेको छ।
इब्राहिमोभिचको पासमा ब्राहिम डियाजले गरेको गोलबाट घरेलु टीम मिलानले २४औं मिनेटमा अग्रता लिएको थियो।
३६औं मिनेटमा मिलानले पेनाल्टी अवसर पाएको थियो। तर, इब्राहिमोभिच गोल गर्न चुकेपछि मिलानले अग्रता दोब्बर बनाउने मौका गुमायो।
५७औं मिनेटमा राफेल लियोको गोलबाट मिलानले अग्रता दोब्बर बनायो। राफेलले डिएगो डालोटको पासमा गोल गरेका थिए। स्माइल बेनाकरको पासमा डालोटले तेस्रो गोल थपेपछि मिलानले सहजै तीन अंक जोडेको थियो।
जितसँगै ६ अंकका साथ मिलान समूह ‘एच’ को शीर्ष स्थानमा छ। चार अंकका साथ लिले दोस्रो स्थानमा छ भने सेल्टिक एक अंकका साथ तेस्रो स्थानमा छ। स्पार्टा प्रागुएले अंक जोड्न सकेको छैन।
गएराति सम्पन्न अर्को खेलमा सेल्टिक र लिले २–२ को बराबरी खेलेका थिए।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिच पेनाल्टीमा गोल गर्न चुकेको खेलमा एसी मिलानले युरोपा लिगमा स्पार्टा प्रागुएलाई ३–० ले पराजित गरेको छ।इब्राहिमोभिचको पासमा ब्राहिम डियाजले गरेको गोलबाट घरेलु टीम मिलानले २४औं मिनेटमा अग्रता लिएको थियो।

">