काठमाडौं। दोस्रो रोजाइका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले गएराति युरोपा लिगमा डनडल्कलाई ३-० ले पराजित गरेको छ।
इडवार्ड एनकेटियाले गरेको गोलबाट आर्सनलले ४२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दुई मिनेट बित्न नपाउँदै जोसेफ विलोकले अग्रता दोब्बर बनाए।
दोस्रो हाफको सुरुमै निकोलस पेपेले अर्को गोल थपेपछि आर्सनलले घरेलु मैदान इमिरेट्स रंगशालामा सहज विजय हासिल गर्याे।
‘‘हामीले धेरै नयाँ खेलाडीलाई मौका दिएका थियौं। जसले यस सिजन धेरै खेल खेलका छैनन्। र उनीहरूले आज जुन प्रदर्शन गरे त्यो धेरै सकारात्मक छ,’’ आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले भने, ‘‘हामीलाई आवश्यक परेको अवस्थामा उनीहरू खेल्न तयार छन् भनेर प्रमाणित गरेका छन्।’’
गणतन्त्र आयरल्यान्डको टीमसँग यसअघि कहिल्यै नखेलेको आर्सनलले युरोपा लिगको पहिलो दुई खेलमा विजयी नतिजा निकाल्न सफल भएको छ। आर्सनलले यसअघि र्यापिड विएनलाई २–१ ले पराजित गरेको थियो। डनडल्कले भने दुवै खेल हारेको छ।
जितसँगै समूह ‘बी’ मा आर्सनल ६ अंकका साथ शीर्ष स्थानमा छ। समान ६ अंकको मोल्डे दोस्रो स्थानमा छ। मोल्डेले र्यापिड विएनलाई १–० ले पराजित गरेको थियो।
" /> काठमाडौं। दोस्रो रोजाइका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले गएराति युरोपा लिगमा डनडल्कलाई ३-० ले पराजित गरेको छ।इडवार्ड एनकेटियाले गरेको गोलबाट आर्सनलले ४२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दुई मिनेट बित्न नपाउँदै जोसेफ विलोकले अग्रता दोब्बर बनाए।

">