काठमाडौं। आज चेन्नई सुपर किङ्ग्ससँग ६ विकेटले पराजित भएसँगै कोलकाता नाइट राइडर्सको इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ।
दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले ५ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो।
१७३ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
चेन्नईका लागि ओपनर रुतुराज गइक्वडले ५३ बलमा ६ चौका र २ छक्कासहित ७२ बलको अर्धशतकीय इनिङ खेले। त्यसतै अम्बाती रायडुले ३८ तथा रवीन्द्र जडेजाले अविजित ३१ रनको योगदान गरे।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको चेन्नईले कोलकाताका लागि पनि समूह चरण पार गर्ने सम्भावना न्यून बनाइदिएको छ।
चौगथो स्थानमा रहेको किङ्ग्स इलेभेन पञ्जाबको नतिजाले कोलकाताको बाँकी यात्रा तय गर्ने भएको छ। त्यसो हुनका लागि पनि कोलकाताले राजस्थान रोयल्सविरुद्ध बाँकी अन्तिम खेलमा जित निकाल्नै पर्ने हुन्छ।
शीर्ष स्थानको मुम्बई इन्डियन्सको १६ अंक छ भने त्यपछि रोयल च्यालेन्जर्स बेङ्ग्लोर, दिल्ली क्यापिटल्स र पञ्जाब १४/१४ र १२ अंकसहित क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। यद्यपि सबै टोलीले दुई/दुई खेल खेल्न बाँकी छ।
" /> काठमाडौं। आज चेन्नई सुपर किङ्ग्ससँग ६ विकेटले पराजित भएसँगै कोलकाता नाइट राइडर्सको इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ।दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले ५ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो।

">