एजेन्सी। नितिश रानाको अर्धशतक प्रेरित कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्ग्सलाई १७३ रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रनको योगफल तयार गर्यो।
कोलकातालाई सम्मानजनक योगफलतर्फ डोर्याएन ६१ बलको सामना गरेका रानाले १० चौका र ४ छक्कासहित ८७ रनको महत्त्वपूर्ण इनिङ खेले।
त्यस्तै शुबमन गिलले २६ तथा कप्तान दिनेश कार्तिकले अविजित २१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्।
उपाधि होडबाट बाहिरिसकेको चेन्नईका लागि लुङ्गी एनगिडीले २ तथा रवीन्द्र जडेजा, मिट्चेल स्यान्टनर र कर्ण शर्माले १/१ विकेट लिए।
प्लेअफ प्रवेशको सम्भावना जिवितै राख्न कोलकातालाई यो खेल जित्नै पर्ने बाध्यता छ।
" /> एजेन्सी। नितिश रानाको अर्धशतक प्रेरित कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्ग्सलाई १७३ रनको लक्ष्य दिएको छ।दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रनको योगफल तयार गर्यो।

">