काठमाडौं। उपाधि होडबाट बाहिरिसकेको चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
कोलकाता दुबई इन्टरनेसनल क्रिकेट मैदानमा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा जित निकाल्नै पर्ने बाध्यतासहित मैदानमा उत्रिँदै छ।
यसअघिका १२ मध्ये ८ खेलमा पराजय भोगेको चेन्नईको समूह चरणबाट प्लेअफ प्रवेशको सम्भावना समाप्त भइसकेको छ।
अर्कोतर्फ प्लेअफ प्रवेशको सम्भावना जिवितै राख्न कोलकातलाई आजको खेल जित्नै पर्ने बाध्यता छ। अहिले अंक तालिकाको पाँचौं स्थानमा भएको कोलकाताको १२ अंक छ।
समान खेल खेलेका मुम्बई इन्डियन्स १६ अंकसहित शीर्ष तथा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र दिल्ली १४/१४ अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।
त्यस्तै चौथो स्थानको किङ्ग्स इलेभेन पञ्जाबको कोलकाताको समान १२ अंक छ। आजको खेलमा पराजित भए कोलकाताको प्लेअफ प्रवेश सम्भावना कम हुँदै जानेछ।
" /> काठमाडौं। उपाधि होडबाट बाहिरिसकेको चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।कोलकाता दुबई इन्टरनेसनल क्रिकेट मैदानमा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा जित निकाल्नै पर्ने बाध्यतासहित मैदानमा उत्रिँदै छ।

">