सेभियाको जितमा डी जोङको निर्णायक गोल <p>एजेन्सी। लुक डी जोङको निर्णायक गोल प्रेरित सेभियाले च्याम्पियन्स लिगको समूह &#39;ई&#39;अन्तर्गत गए राति भएको खेलमा रेनेसलाई १-० को नतिजामा पराजित गरेको छ।</p> <p>सेभियाको&nbsp;घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो। सुरुआतदेखि नै गोलका लागि निरन्तर प्रयासरत सेभियाले २३ पटक रेनेसको गोलपोष्टतर्फ प्रहार गरेको थियो।</p> <p>तर, ५५औं मिनेटमा डी जोङले गरेको एक मात्र प्रहारले रक्षापंक्ति छुन सक्यो। जितसँगै सेभियाले दुई खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा सेभियाले चेल्सीको मैदानमा गोलरहित बराबरी खेलेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्