एजेन्सी। च्याम्पियन्स लिगको समूह 'जी'अन्तर्गत गए राति भएको खेलमा फेरेनक्भारोस र डिनामो किभले २-२ गोलको बराबरी खेलेका छन्।
घरेलु मैदानमा भएको खेलकाे २८औं मिनेटमा फेरेनक्भारोसका इहोर खराटिनले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि किभले अग्रता लिने मौका पाएको थियो।
भिक्टोर आहन्कोभले सोही पेनाल्टीको सदुपयोग गर्दै भ्रमणकारी किभलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल सकिन चार मिनेट बाँकी रहँदा किभका कार्लोस डी पेनाले गरेको गोलसँगै फेरेनक्भारोस पहिलो हाफमा ०-२ ले पछि परेको थियो।
दोस्रो हाफमा आक्रमक शैलीमा उत्रिएको फेरेनक्भारोस ५९औं मिनेटमा टोक्म्याक नुगेनले गरेको गोलसँगै खेलमा फर्किएको थियो। निर्धारित समयको अन्तिम मिनेटमा फ्रान्क बोलीले फेरेनक्भारोसका लागि दोस्रो गोल गर्दै घरेलु मैदानमा हारबाट जोगाए।
दुवै टोलीले २ खेलबाट १/१ अंक जोडेका छन्।
" /> एजेन्सी। च्याम्पियन्स लिगको समूह 'जी'अन्तर्गत गए राति भएको खेलमा फेरेनक्भारोस र डिनामो किभले २-२ गोलको बराबरी खेलेका छन्।घरेलु मैदानमा भएको खेलकाे २८औं मिनेटमा फेरेनक्भारोसका इहोर खराटिनले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि किभले अग्रता लिने मौका पाएको थियो।

">