एजेन्सी। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टस च्याम्पियन्स लिगको समूह 'जी'अन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनासँग ०-२ गोलको नतिजामा पराजित भएको छ।

घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा बार्सिलोनाका ओसुमाने डेम्बेलेले गरेको गोलसँगै युभेन्टस ०-१ ले पछि परेको थियो। त्यसपछि निरन्तर गोलका लागि प्रयासरत युभेन्टसका फरवार्ड अल्भारो मोराटाले गरेका तीन गोल भिडिओ असिस्टेन्ट रेफ्रीले मान्यता दिएका थिएनन्।

दोस्रो हाफमा पनि निरन्तर गोलका लागि प्रयासरत दुवै टोली निर्धारित ९० मिनेटसम्म ०-१ कै नतिजामा थिए। तर, युभेन्टसका बर्नार्डेस्चीले १८ यार्ड बक्स भित्र बार्सिलोनाका आन्सु फाटीमाथि फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो।

सोही पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसीले युभेन्टसको जित निश्चित गरे। त्यसअघि ८५औं मिनेटमा युभेन्टसका मेरिह डेमिरल दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिँदा घरेलु टोली १० जनामा सीमित भएको थियो।

च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण देखिएपछि युभेन्टस उनी बिना नै मैदानमा उत्रिएको थियो।

जितसँगै २ खेलबाट ६ अंक जोडेको बार्सिलोना समूह तालिकाको शीर्ष स्थानमा छ। पराजित युभेन्टसको समान खेलबाट ३ अंक छ।

" /> एजेन्सी। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टस च्याम्पियन्स लिगको समूह 'जी'अन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनासँग ०-२ गोलको नतिजामा पराजित भएको छ।

घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा बार्सिलोनाका ओसुमाने डेम्बेलेले गरेको गोलसँगै युभेन्टस ०-१ ले पछि परेको थियो। त्यसपछि निरन्तर गोलका लागि प्रयासरत युभेन्टसका फरवार्ड अल्भारो मोराटाले गरेका तीन गोल भिडिओ असिस्टेन्ट रेफ्रीले मान्यता दिएका थिएनन्।

दोस्रो हाफमा पनि निरन्तर गोलका लागि प्रयासरत दुवै टोली निर्धारित ९० मिनेटसम्म ०-१ कै नतिजामा थिए। तर, युभेन्टसका बर्नार्डेस्चीले १८ यार्ड बक्स भित्र बार्सिलोनाका आन्सु फाटीमाथि फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो।

सोही पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसीले युभेन्टसको जित निश्चित गरे। त्यसअघि ८५औं मिनेटमा युभेन्टसका मेरिह डेमिरल दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिँदा घरेलु टोली १० जनामा सीमित भएको थियो।

च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण देखिएपछि युभेन्टस उनी बिना नै मैदानमा उत्रिएको थियो।

जितसँगै २ खेलबाट ६ अंक जोडेको बार्सिलोना समूह तालिकाको शीर्ष स्थानमा छ। पराजित युभेन्टसको समान खेलबाट ३ अंक छ।

"> युभेन्टसको मैदानमा बार्सिलोना विजयी: Dekhapadhi
युभेन्टसको मैदानमा बार्सिलोना विजयी
एजेन्सी। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टस च्याम्पियन्स लिगको समूह 'जी'अन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनासँग ०-२ गोलको नतिजामा पराजित भएको छ।

घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा बार्सिलोनाका ओसुमाने डेम्बेलेले गरेको गोलसँगै युभेन्टस ०-१ ले पछि परेको थियो। त्यसपछि निरन्तर गोलका लागि प्रयासरत युभेन्टसका फरवार्ड अल्भारो मोराटाले गरेका तीन गोल भिडिओ असिस्टेन्ट रेफ्रीले मान्यता दिएका थिएनन्।

दोस्रो हाफमा पनि निरन्तर गोलका लागि प्रयासरत दुवै टोली निर्धारित ९० मिनेटसम्म ०-१ कै नतिजामा थिए। तर, युभेन्टसका बर्नार्डेस्चीले १८ यार्ड बक्स भित्र बार्सिलोनाका आन्सु फाटीमाथि फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो।

सोही पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसीले युभेन्टसको जित निश्चित गरे। त्यसअघि ८५औं मिनेटमा युभेन्टसका मेरिह डेमिरल दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिँदा घरेलु टोली १० जनामा सीमित भएको थियो।

च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण देखिएपछि युभेन्टस उनी बिना नै मैदानमा उत्रिएको थियो।

जितसँगै २ खेलबाट ६ अंक जोडेको बार्सिलोना समूह तालिकाको शीर्ष स्थानमा छ। पराजित युभेन्टसको समान खेलबाट ३ अंक छ।

प्रतिक्रिया दिनुहोस्