काठमाडौं। मराठा अरेवियन्स यो सिजनको अबुधाबी टी-१० लिग क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै मराठा अरेवियन्सले उपाधी चुमेको हो । मराठा अरेवियन्सले लगातार दोस्रो वर्ष टी-१० लिग क्रिकेटको उपाधी हात पारेको हो।
डेक्कनले दिएको ८८ रनको लक्ष्य मराठा अरेवियन्सले मात्र २ विकेटको क्षतिमा आठौं ओभरमा पुरा गरेको थियो। डेक्कनले शुरुवाती ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन जोडेको थियो ।
डेक्कनको सुरुआत निक्कै खराब रह्यो । कप्तान शेन वाट्सन १ रनमा आउट हुँदा किरोन पोलार्डले पनि ५ रन मात्र बनाउन सके। मोहम्मद शहजाद १४ रनमै आउट भए।
आसिफ खान र भानुना राजपाक्षले ५३ रनको साझेदारी गर्दै टिमको स्कोर केही बढाएका थिए। आसिफले २५ र भानुनाले २३ रन बनाएका थिए।
जवाफी ब्याटिङमा आएको मराठा अरेवियन्सका क्रिस लिन र चाडविक वाल्टनले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । चाडविकले ५१ रन बनाउँदा क्रिसले १६ रन बनाए । त्यस्तै जनीबुल्लाहले १२ रन बनाए।
चाडविक वाल्टन म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताभरि सर्वाधिक रन बनाउने (३७१) मराठा अरेवियन्सका क्रिस प्लेयर अफ द टुर्नामेन्ट भए ।