युभेन्टस बराबरीमा रोकियो

एजेन्सी। कोरोना सङ्क्रमित भएका क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टसले इटालियन सिरी एमा गए राति भेरोनासँग १-१ गोलको बराबरी खेलेको छ।

घरेलु मैदानमा भएको खेलमा गोलका लागि धेरै अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो।

तर, ६०औं मिनेटमा एन्ड्रिए फ्याभिलले गोल गर्दै भ्रमणकारी भरोनालाई अग्रता दिलाएका थिए।

घरेलु मैदानमा १-० ले पछि परेको युभेन्टसका लागि डेजान कुलुसेभ्स्कीले गोल गर्दै बराबरीमा ल्याएका थिए।

बाँकी समयमा गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे। बराबरीसँगै ५ खेलबाट ९ अंक जोडेको युभेन्टस पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ८ अंक जोडेको भेरोना आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्