लेस्टरसँग आर्सनल पराजित

एजेन्सी। जेमी भार्डेको निर्णायक गोल प्रेरित लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा गए राति आर्सनललाई १-० को नतिजामा पराजित गरेको छ।

आर्सनलको मैदा एमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास भए पनि रक्षापंक्ति छिचोल्न नसक्दा ७९ मिनेटसम्म गोल हुन सकेको थिएन।

तर, ८०औं मिनेटमा भार्डेल‍े गरेको एक मात्र गोल निर्णायक बन्दा आर्सनल आफ्नै मैदानमा पराजित भयो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको लेस्टर सिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित आर्सनल समान खेलबाट ९ अंक जोडेर १०औं स्थानमा सीमित छ।

प्रतिक्रिया दिनुहोस्