वुल्भ्स र न्युक्यासलले अंक बाँडे
<p>एजेन्सी। ज्याकोब मर्फीले निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा गरेको बराबरी गोलसँगै न्युक्यासल वोल्भर ह्याम्टन वाण्डर्स (वुल्भ्स) विरुद्ध हारबाट जोगिएको छ।</p>
<p>गए राति वुल्भ्सको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि रक्षापंक्ति छिचोल्न नसक्दा ७९औं मिनेटसम्म गोल हुन सकेन।</p>
<p>घरेलु टोलीका राहुल हिमिनेजले ८०औं मिनेट गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए। तर, ८९औं मिनेटमा न्युक्यासलका मर्फीले गोल गर्दै खेल बराबरीमा टुङ्ग्याए।</p>
<p>बराबरीसँगै ६ खेलबाट १० अंक जोडको वुल्भ्स तालिकाको आठौं स्थानमा छ। त्यस्तै पाँच खेलबाट ८ अंक जोडेको न्युक्यासल १४औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
