एजेन्सी। रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिक तथा लेरोए सानेको सनसनीपूर्ण गोल प्रेरणामा बायर्न म्युनिखले गए राति जर्मन बुन्डेसलिगाअन्तर्गतको खेलमा इन्ट्रयाक्ट फ्रयांकफर्टमाथि ५–० को प्रभावशाली जित हासिल गरेको छ।
विपक्षी रक्षकहरुका लागि सधै मुख्च चिन्ताको विषय बन्ने गरेका पोल्यान्डका फरवार्ड लेवान्डोवस्कीको यो ह्याट्रिकसँगै जारी सिजनका पाँच खेलमा गोलसंख्या १० पुगेको छ। जुन जर्मन बुन्डेसलिगाको सुरुआति यो चरणमा कुनै पनि फरवार्डका लागि यो कीर्तिमानी गोलसंख्या हो। गत सिजन उनले ३४ गोल गरेका थिए।
किङ्स्ले कोम्यानको पासलाई गोलमा परिणत गर्दै १०औं मिनेटमा बायर्नको खाता खोलेका लेवान्डोवस्कीले २६औं मिनेटमा दोस्रो गोल गरेका थिए।
उनले ६०औं मिनेटमा अर्को गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए। सानेले ७२औं मिनेटमा सनसनीपूर्ण गोल गर्दै बायर्नको अग्रता ४–० ले फराकिलो पारे भने इन्जुरी समयमा जमाल मुसियालाले टोलीका लागि पाँचौं गोल गरे।
" /> एजेन्सी। रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिक तथा लेरोए सानेको सनसनीपूर्ण गोल प्रेरणामा बायर्न म्युनिखले गए राति जर्मन बुन्डेसलिगाअन्तर्गतको खेलमा इन्ट्रयाक्ट फ्रयांकफर्टमाथि ५–० को प्रभावशाली जित हासिल गरेको छ।विपक्षी रक्षकहरुका लागि सधै मुख्च चिन्ताको विषय बन्ने गरेका पोल्यान्डका फरवार्ड लेवान्डोवस्कीको यो ह्याट्रिकसँगै जारी सिजनका पाँच खेलमा गोलसंख्या १० पुगेको छ। जुन जर्मन बुन्डेसलिगाको सुरुआति यो चरणमा कुनै पनि फरवार्डका लागि यो कीर्तिमानी गोलसंख्या हो। गत सिजन उनले ३४ गोल गरेका थिए।

">