घरेलु मैदानमै फुलह्याम पराजित <p>काठमाडाैं।&nbsp;घरेलु मैदानमा १० खेलाडीमा सीमित भएर खेलको अन्त्य गरेको फुलह्यामले गएराति इङलिस प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेसलाई २-१ को नतिजा सुम्पिएको छ।&nbsp;</p> <p>जारियो रेडेवाइड र विल्फ्रिड जाहाको गोलमा प्यालेसले अवे मैदानमा महत्वपूर्ण नतिजा निकालेको हो। रेडेवाइडले आठौं मिनेटमा खोलेको प्यालेसको खातामा जाहाले ६४औं मिनेटमा गोल थपेका थिए।</p> <p>घरेलु मैदानमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको फुलह्यामका अबुबाकर कामिरियाले समय सकिन दुई मिनेट बाँकी रहँदा रातो कार्ड सामना गर्दै मैदान छोडेपछि टोली १० खेलाडीमा सीमित भएको थियो।&nbsp;</p> <p>एक खेलाडी कम भएपछि पुनरागमन प्रयास झनै कमजोर बनेको टोलीका लागि इन्जुरी समयमा टम केनीले एक गोल फर्काएका थिए। तर त्यो समर्थकका लागि फगत सान्त्वनामा सीमित भयो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्