काठमाडाैं। इडिन्सन काभानीले म्यानचेस्टर युनाइटेडका लागि डेब्यु गरेको दिन प्रिमियर लिगको खेलमा उनको टोलीले चेल्सीसँग गोलरहित बराबरी नतिजा निकालेको छ।
घरेलु ओल्ड ट्राफोर्ड मैदानमा मार्कुस रसफोर्ड र हुँवा माटाले पहिलो हाफमै गोलका लागि सुनौला मौका पाएका थिए। तर, उपयोग गर्न नसक्दा घरेलु मैदानमा युनाइटेडको कमजोर नतिजा यात्राले फेरि निरन्तरता पायो।
ओले गनर सोल्सायरले ३३ वर्षे काभानीलाई ६०औं मिनेटमा मैदान छिराउँदै डेब्यु गराएका थिए। यसै सिजनको सुरुआतमामात्र युनाइटेडसँग अनुबन्ध भएका काभानी पनि पहिलो चटमै गोलको नजिक पुगेका थिए। तर, सफल भएनन्।
घरेलु मैदानमा भोगेको अर्को निराशाजनक नतिजापछि युनाइटेड ५ खेलमा ७ अंकका साथ १५औं स्थानमा कायम छ। ६ खेलमा ९ अंक जोडेको चेल्सी भने छैटौं स्थानमा छ। एजेन्सी
" /> काठमाडाैं। इडिन्सन काभानीले म्यानचेस्टर युनाइटेडका लागि डेब्यु गरेको दिन प्रिमियर लिगको खेलमा उनको टोलीले चेल्सीसँग गोलरहित बराबरी नतिजा निकालेको छ।घरेलु ओल्ड ट्राफोर्ड मैदानमा मार्कुस रसफोर्ड र हुँवा माटाले पहिलो हाफमै गोलका लागि सुनौला मौका पाएका थिए। तर, उपयोग गर्न नसक्दा घरेलु मैदानमा युनाइटेडको कमजोर नतिजा यात्राले फेरि निरन्तरता पायो।

">