किन र एम्बाप्पेको गोलमा पीएसजीको पुनरागमन

काठमाडाैं। मोसे किनले पेरिस सेन्ट जर्मन (पीएसजी) का लागि व्यक्तिगत गोलको खाता खोलेको दिन फ्रान्सेली लिग वानको साबिक विजेताले च्याम्पियन्स लिगमा भोगेको हारको पीडामा मलम लगाउने क्रममा गएराति डिजोनमाथि ४-० को जित हासिल गरेको छ।

गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको पीएसजी यसपालि मंगलबार पहिलो खेलमै म्यानचेस्टर युनाइटेडसँग आफ्नै घरमा पराजित भएको थियो।

च्याम्पियन्स लिगको त्यो हारको पीडालाई पन्छाउने क्रममा टोलीले गएराति घरेलु लिगमा पुछारको टोलीमाथि सहज जित हासिल गर्‍याे।

एभर्टनबाट लोनमा आएका किनले पीएसजीका लागि खाता खोलेको दिन नै दुई गोल गरे। तेस्रो मिनेटमा खाता खोलेका किनले २३औं मिनेटमा पीएसजीको अग्रता दोब्बर पारे।

बेन्चबाट खेल सुरु गरेका सुपरस्टार किलियन एमबाप्पेले पीएसजीका लागि अन्तिम समयमा दुई गोल थपे। एमबाप्पेले ८२ र ८८औं मिनेटमा गोल गरेका थिए।

लिग वानमा गए राति नै भएका अन्य खेलमा एङगर्सले रेनेसलाई २-१ तथा मार्सेले लोरियन्टलाई १-० को नतिजामा पराजित गरे। एजेन्सी।

प्रतिक्रिया दिनुहोस्