काठमाडाैं। किकेले पहिलो हाफको अन्तिम समयमा गरेको गोलमा गए राति एइबारले सेभियामाथि १-० को जित निकालेको छ।
सेभियाको मैदानमा भएको खेलमा किकेले पेपे कोउली डियोपको पासलाई गोलमा परिणत गर्दै मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा एइबारलाई अग्रता दिलाएका थिए।
अन्तिम समयसम्म पनि त्यो अग्रता कायम राख्न सफल हुँदा टोलीले अवे मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्याे।
जितपछि ७ खेलमा ८ अंकका साथ एइबार ११औं स्थानमा उक्लिँदा ५ खेलमा ७ अंक जोडेको सेभिया स्पेनिस ला लिगा अंकतालिकाको १३औं स्थानमा कायम छ।
" /> काठमाडाैं। किकेले पहिलो हाफको अन्तिम समयमा गरेको गोलमा गए राति एइबारले सेभियामाथि १-० को जित निकालेको छ।सेभियाको मैदानमा भएको खेलमा किकेले पेपे कोउली डियोपको पासलाई गोलमा परिणत गर्दै मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा एइबारलाई अग्रता दिलाएका थिए।

">