काठमाडौं। नयाँ सिजनको पहिलो एल क्लासिकोमा रियाल मड्रिड विजयी भएको छ।
ला लिगाअन्तर्गत आज साँझ सम्पन्न खेलमा रियालले बार्सिलोनालाई उसैको घरेलु मैदान क्याम्पनाउमा ३-१ गोलले पराजित गरेको हो।
रियाललाई जित दिलाउन फेडेरिको भालभर्डे, सर्जियाे रामोस र लुका मोड्रिचले एक/एक गोल गरे।
रियालले पाँचौं मिनेटमा भल्भर्डको गोलमा अग्रता लिएको थियो। तर, त्यसको तीन मिनेटपछि नै युवा स्ट्राइकर अन्सु फाटीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा फर्काए।
मध्यान्तरपछि ६३ औं मिनेटमा रामोसले पेनाल्टीमार्फत् गोल गर्दै रियाललाई पुनः अग्रता दिलाए। बार्सिलोनाका क्लेमा ल्याङ्ग्लेले रामोसलाई बार्सिलोनाकाे डी बक्सभित्र जर्सीमा तानेर लडाएपछि भिडियो रेफ्री (भार) को सहयोगमा रियाललाई पेनाल्टीको अवसर दिइएको थियो। जसमा रियालका कप्तान रामोसले कुनै गल्ती गरेनन्।
खेलको अन्तिम समय ९०औं मिनेटमा मोड्रिचले गोल गर्दै रियाललाई ३-१ को जित सुनिश्चित गरिदिए। पहिलो हाफ बेञ्चमा बसेका उनलाई क्लबका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ६९औं मिनेटमा भल्भर्डको स्थानमा पठाएका थिए।
खेलमा बार्सिलोनाले गोल गर्ने केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न नसक्दा हार बेहोर्नुपर्यो।
जितसँगै रियाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियालले ६ खेलबाट १३ अंक जोडेको छ।
एक खेल कम खेलेको बार्सिलोना भने सात अंक मात्र जोड्न सकेको छ। बार्सिलोना तालिकामा १०औं स्थानमा छ।
" /> काठमाडौं। नयाँ सिजनको पहिलो एल क्लासिकोमा रियाल मड्रिड विजयी भएको छ।ला लिगाअन्तर्गत आज साँझ सम्पन्न खेलमा रियालले बार्सिलोनालाई उसैको घरेलु मैदान क्याम्पनाउमा ३-१ गोलले पराजित गरेको हो।

">