टुङ्गियो एस्टोन भिल्लाको अपराजित यात्रा, ब्याम्फोर्डको ह्याट्रिक

एजेन्सी। प्याट्रिक ब्याम्फोर्डको ह्याट्रिक प्रेरित लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिगमा गए राति एस्टोन भिल्लालाई ३-० को नतिजामा पराजित गरेको छ।

एस्टोन भिल्लाको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गएको थियो। दोस्रो हाफमा आक्रामक शैलीमा मैदान उत्रिएको लिड्सका लागि ५५औं मिनेटमा ब्याम्फोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसको १२ मिनेटपछि ब्याम्फोर्डकै दोस्रो गोलमार्फत लिड्सले अग्रता दोब्बर पारेको थियो।

ब्याम्फोर्डले ७४औं मिनेटमा ह्याट्रिक पूरा गरेसँगै एस्टोन भिल्लाको अपराजित यात्रामा पूर्णविराम लाग्यो।

यसअघिका ४ खेलमा जित निकालेको एस्टोन भिल्ला १२ अंकसहित दोस्रो स्थानमा छ। लिड्स ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्