काठमाडौं। संसारभरका फुटबल खेल प्रेमीले झट्ट कुनै एकजना खेलाडी सम्झना गर्नुपर्यो भने निःसन्देह त्यो नाम ‘पेले’ नै हुने छ। आज उनै महान् खेलाडीको ८०औं जन्मदिन।
उनले १९७७ मा खेलजीवनबाट सन्यास लिए। तर अहिले पनि फुटबलको जब चर्चा हुन्छ तब पेलेको नाम अगाडि आइहाल्छ। यी यस्ता खेलाडी हुन् जसको नाम फुटबलको पर्याय बनेको छ।
पेलेले प्रतिनिधित्व गरेको टोलीले तीन पटक विश्वकप उचाल्यो। यस्तो सफलताको श्रेय पाउन उनी संसारकै एकमात्र खेलाडी हुन्। उनले फुटबल करिअरमा १३६३ म्याच खेले भने १२८१ गोल गरे।
पेलेका बारेमा कतिपय कुरा उनका प्रशंसक वा फुटबलप्रेमीलाई थाहा छ। तर, केही यस्ता कुरा पनि छन् जसका बारे तपार्ईंलाई थाहा नहुन सक्छ। बीबीसीले ती महान् खेलाडीबारे चर्चा नभएका सन्दर्भ र रोचक कथाको खोज गरेको छ।

पेलेका कारण रेफ्री निकालिए
१९६८ को जुन १८ का दिन बोगोटामा भएको घटना हो यो। उनको क्लब सान्टोस र कोलम्बियन ओलम्पिक स्वाडबीच मैत्रीपूर्ण म्याच चलिरहेको थियो। खेलका क्रममा रेफ्रीले पेलेलाई मैदानबाट बाहिर जान आदेश दिए (रेड कार्ड दिने चलन १९७० देखि सुरु भएको हो)। उनलाई फल खेलेको आरोप थियो। रेफ्रीको आरोप थियो, पेलेले उनीमाथि दुर्व्यवहार गरे।
रेफ्रीको फैसलाको चौतर्फी विरोध भयो। सान्टोसका खेलाडीले रेफ्रीलाई घेरे। म्याचको तस्बिरमा देख्न सक्थ्यिो, रेफ्रीको आँखा कालो भएको थियो। फुटबल दर्शकले समेत रेफ्रीको विरोध गरे। २०१० मा दिएको एक अन्तर्वार्तामा बताएका थिए, उनले मैदानबाहिर जानु परेको थियो। रेफ्रीले आफ्नो सिठ्ठी लाइन्सम्यानलाई दिए र पेलेलाई पुनः मैदान फर्काए।
पेलेका कारण युद्ध रोकिएको कथा
१९६०को दशकमा सान्टोस एफसी संसारकै प्रख्यातमध्ये एक क्लब थियो। यो क्लबले थुप्रै देशसँग मैत्रीपूर्ण म्याच खेल्ने गथ्र्यो। यस्तै म्याच नाइजेरियाली क्लबसँग युद्धग्रस्त क्षेत्रमा गएर १९६९ को फेब्रुअरी ४ मा खेल्यो। यो म्याचमा सान्टोसले बेनिनी सिटीस्थित एक स्थानीय क्लबलाई २–१ ले जित्यो।

त्यसबखत नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो। इतिहासकार ग्युहरमे गोरचेका अनुसार ब्राजिलका खेलाडी र खेल अधिकारी सुरक्षाका विषयमा चिन्तित थिए। यही कारण दुवै पक्षले युद्धविरामको फैसला गरेका थिए।
पेलेको दोस्रो आत्मकथामा ‘खेल खेल्नका लागि गृहयुद्ध स्थगित गर्न सकिने’ कुरा खेलाडीलाई बताइएको उल्लेख छ। पेले लेख्छन्, ‘‘युद्ध नै रोकिएको कुराको सत्यता के हो म भन्न सक्दिनँ। तर नाइजेरियामा जुन बेला हामी गएका थियौं, त्यसबखत कुनै घुसपैठ नहोस् भनेर संघर्ष स्थगित गरिएको थियो।’’ यस्तै घटना अर्का खेलाडी डिडियर ड्रोग्बासँग पनि जोडिएर आउने गरेको छ।
जोन लेननसँग झगडा
१९७५ मा पेले न्युयोर्क कसमसका लागि खेल्न अमेरिका गए। त्यहाँ उनले अंग्रेजी सिके। एक पटक बिटल्सका गायक तथा गिटारिस्ट जोन लेननसँग उनको झगडा प¥यो। पेलेका मुताबिक लेननले भनेका थिए, उनी र बिटल्सका अर्का साथीले एक पटक बेलायतको होटेलमा ब्राजिलको टिमसँग भेट्ने कोसिस गरेका थिए। तर ब्राजिली फुटबल एसोसियसनका निर्देशकले भेट्न दिएनन्।
युरोपियन क्लबमा किन खेलेनन्?
पेलेका आलोचकहरु उनले युरोपियन क्लबबाट नखेलिदिँदा उनीहरुलाई फाइदा भएको थियो। पेलेलाई उनको देशका अन्य खेलाडी विदेश गएर खेलिरहँदा उनलाई भने त्यसमा प्रतिबन्ध थियो। सान्टोस क्लबले रियल म्याड्रिड र एसी मिलानजस्ता क्लबको प्रस्ताव अस्वीकार गरिदिएको थियो। त्यसबखत खेलाडीले कहाँबाट खेल्ने भन्ने फैसला आफू लिन पाउँदैनथे।
उनलाई ब्राजिलमै बस्नुपर्ने दबाब सरकारले दिएको थियो। १९६१ मा तत्कालीन राष्ट्रपति जेनियो क्वाड्रोसले पेले ‘राष्ट्रिय सम्पत्ति’ भएकाले उनलाई ‘एक्सपोर्ट’ गर्न नहुने बताएका थिए। यति हुँदाहुँदै पनि उनले १९७५ मा न्युयोर्क कसमस नामक एक टिमका लागि खेले।
५० वर्षको उमेरमा कप्तान
पेले खेलजीवनमा केवल एकपटक ब्राजिलको कप्तान बने। उनले यसअघि देश होस् या टिमका लागि कप्तान बन्ने प्रस्ताव अस्वीकार गरिरहे। राष्ट्रिय टोलीबाट रिटायर्ड भएको १९ वर्षपछि १९९० मा उनी कप्तान बनेर मैत्रीपूर्ण म्याचमा उत्रिए, ‘रेस्ट अफ दि वल्र्ड’ टिमविरुद्ध। यो म्याच पेलेको पचासौं जन्मदिनका अवसरमा खेलिएको थियो। यसमा उनी पहिलो हाफमात्रै खेलेका थिए।
अपहरणमा पर्दा
सान्टोस क्लबका खेलाडी १९७२, सेप्टेम्बर ५ मा ट्रिनिडाड एन्ड टोबागोमा खेल्न लागिएको एक म्याचका बारेमा असन्तुष्ट थिए। खेलमा ४३औं मिनेटमा पेलेले गोल गरे। त्यसपछि पोर्ट अफ स्पेन स्टेडियममा उपस्थित दर्शक निकै उत्तेजित भए। दर्शक मैदानमा पसे र पेलेलाई बोकेर सडकमा निस्किए। खुसीले पागल बनेका दर्शकको हातबाट पेलेलाई मुक्त गर्न सहज थिएन। उनलाई फिर्ता ल्याउन केही मिनेट लाग्यो।
राजनीतिमा ध्यान
१९९० मा पेलेले घोषणा गरेका थिए– म १९९४मा हुन लागेको राष्ट्रपति निर्वाचनमा उठ्ने विचार गरिरहेको छु। त्यो चुनाव उनले लडेनन्, तर राजनीतिबाट पर पनि रहन सकेनन्। १९९५ देखि १९९८ सम्म उनी ब्राजिलको खेलमन्त्री बने।

उनले मन्त्री हुँदा ब्राजिली खेलाडीले आफू खेल्ने क्लब आफैं छान्न सक्ने नियम बनाइदिए। यस्तो छनौट उनले आफ्नो खेलजीवनमा गर्न पाएका थिएनन्।
संसारमा वास्तविक पेले एकजना मात्रै छन्, तर यही नामबाट पुकारिने खेलाडी थुप्रै छन्। उनी फुटबलको सदाकालीन ‘आदर्श’ बन्न सफल छन्। उनलाई ८०औं जन्मदिनको हार्दिक मंगलमय शुभकामना!
(बीबीसीमा आधारित)
" /> काठमाडौं। संसारभरका फुटबल खेल प्रेमीले झट्ट कुनै एकजना खेलाडी सम्झना गर्नुपर्यो भने निःसन्देह त्यो नाम ‘पेले’ नै हुने छ। आज उनै महान् खेलाडीको ८०औं जन्मदिन।उनले १९७७ मा खेलजीवनबाट सन्यास लिए। तर अहिले पनि फुटबलको जब चर्चा हुन्छ तब पेलेको नाम अगाडि आइहाल्छ। यी यस्ता खेलाडी हुन् जसको नाम फुटबलको पर्याय बनेको छ।

">