च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुआत

एजेन्सी। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको समूह 'सी'अन्तर्गत बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई ३-१ ले पराजित गरेको छ।

घरेलु मैदानमा सिटीलाई जिताउन तीन फरक खेलाडीले गोल गरे। पोर्टोका लुइस डियाजले गरेको गोलसँगै सिटी १४औं मिनेटमा १-० ले पछि परेको थियो।

तर, त्यसको ६ मिनेट नबित्दै फरवार्ड सर्जियो अग्वेरोले २०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पेप ग्वार्डिओलाको टोलीलाई बराबरीमा ल्याएका थिए।

पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा सिटीले दुई गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्‍यो।

सिटीका लागि इल्काई गुन्डगानले ६५ तथा फेरान टोरेसले ७३औं मिनेटमा गोल गरेका थिए।

जितसँगै सिटीले तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा अहमद महगबको निर्णायक गोल प्रेरित ओलम्पियाकसले मार्सेलाई १-० ले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्