एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकाता नाइट राइडर्समाथि ८ विकेटको जित निकाल्दा मोहम्मद सिराजले आक्रामक बलिङ गरे।
शेख जाइद रंगशालामा बुधबार राति सिराजले ३-८ को फिगरमा बलिङ गर्दा बेङ्ग्लोरले कोलकातालाई ८४/८ को नतिजामा प्याक गरेको थियो।
यो दयनीय प्रदर्शनसँगै कोलकाता अलआउट नभइकन सबैभन्दा थोरै रन बनाउने टोली बनेको छ भने जारी सिजन सिराजको सबैभन्दा उत्कृष्ट इकोनोमी बनेको छ।
चार ओभर बलिङ गरेका सिराजले मात्रै ८ रन खर्चेर ३ विकेट लिँदा कोलकाताका कप्तान ओएन मोर्गानले ३० र लकी फर्ग्युसनले १९ रन बाहेक अन्य ब्याट्सम्यानले १५ रनको आँकडा पार गर्न सकेनन्।
८५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले मात्रै दुई विकेट गुमाएर पूरा गर्यो।
जितसँगै बेङ्ग्लोर १० खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ।
" /> एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकाता नाइट राइडर्समाथि ८ विकेटको जित निकाल्दा मोहम्मद सिराजले आक्रामक बलिङ गरे।शेख जाइद रंगशालामा बुधबार राति सिराजले ३-८ को फिगरमा बलिङ गर्दा बेङ्ग्लोरले कोलकातालाई ८४/८ को नतिजामा प्याक गरेको थियो।

">