अष्ट्रेलियासामु पाकिस्तान निरीह

काठमाडौं। इन्टरनेशनल टेस्ट च्याम्पियनसिप अन्तर्गत् अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तानले इनिङ्सको पराजय व्यहोरेको छ।

अष्ट्रेलियाको ब्रिसबेनमा भएको पहिलो टेस्टमा पाकिस्तान एक इनिङ्स र ५ रनले पराजित भएको हो।

टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २४० रन जोडेको थियो।

अष्ट्रेलियाले पहिलो इनिङ्समै ५८० रन बनायो । मार्नस लाबुचेनको १८५ र डेबिड वार्नरको १५४ रनको योगदानमा अष्ट्रेलियाले विशाल योगफल खडा गरेको थियो।

दोस्रो इनिङ्समा पनि पाकिस्तानको प्रदर्शन राम्रो हुन सकेन।

शुरुआत राम्रो गरे पनि नियमित अन्तरमा विकेट गुमाउन थालेको पाकिस्तानलाई बाबर आजम र मोहम्मद रिजवानले सम्हाल्ने प्रयास गरेका थिए। आजमले १०४ र रिजवानले ९५ रन जोडे।

तर, अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र जोस हेजलउडको ‘पेस’ आक्रमणसामु उनीहरुको केही लागेन।

दोस्रो इनिङ्समा पाकिस्तान ३३५ रनमा अलआउट भयो।

दुवै इनिङ्समा गरेर स्टार्कले ७, हेजलउडले ६ र कमिन्सले ५ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्