काठमाडौं। नरहरीपुर कराते डोजो मच्छेगाउँका सोनिम मानन्धर पुरुषतर्फ र सञ्जु देशार प्रथम जेकेए यु-१९ ई (अनलाइन) काता प्रतियाेगितामा स्वर्ण पदक जितेका छन्।
जुनियर कराते एकेडेमीको आयोजनामा भएको प्रतियाेगितामा सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका थिए। खगेन्द्र चामलिङ राई २४.२ अंकका साथ दोस्रो र २४ अंकका साथ रेहान जावेद तेस्रो भए।
महिलातर्फ सञ्जु देशारले २३.६ अंकका साथ स्वर्ण प्राप्त गरिन्। नरहरीपुरकी देशारले नेपालमा आयोजना भएको उपराष्ट्रपति कपमा काता र कुमुते दुवैतर्फ स्वर्ण हात पारेकी थिइन्।
यस्तै उनले भारतको मुम्बईमा आयोजना भएको एसिया कपमा पनि कुमुते र काता दुवैतर्फ स्वर्ण हात पारेको नरहरीपुर डोजोका प्रमुख एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिए।
देशारले मिरा खातीलाई पछाडी पारेकी थिइन्। दोस्रो स्थानमा रहेकी खातीले २३.३ अंक प्राप्त गरेकी थिइन्। तेस्राे स्थानमा रहेकी वर्षा बुढामगरले २३.२ अंक प्राप्त गरिन्।
पुरुषतर्फ नरहरीपुरका सत्कार घर्तीमगर र महिलातर्फ एलिना राई उदीयमान खेलाडी घोषित भए।
२८ सेप्टेम्बर देखि १० अक्टोबरसम्म भएको प्रतियोगिताको नतिजा ढिलोगरी मंगलबार राति प्राप्त भएको प्रशिक्षक मानन्धरले जानकारी गराएका छन्।
" /> काठमाडौं। नरहरीपुर कराते डोजो मच्छेगाउँका सोनिम मानन्धर पुरुषतर्फ र सञ्जु देशार प्रथम जेकेए यु-१९ ई (अनलाइन) काता प्रतियाेगितामा स्वर्ण पदक जितेका छन्।जुनियर कराते एकेडेमीको आयोजनामा भएको प्रतियाेगितामा सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका थिए। खगेन्द्र चामलिङ राई २४.२ अंकका साथ दोस्रो र २४ अंकका साथ रेहान जावेद तेस्रो भए।

">