एजेन्सी। पाँच फरक गोलकर्ताले १/१ गोलको योगदान गरेसँगै पाँच पटकको विजेता बार्सिलोनाले च्याम्पियन्स लिगमा फेरेन्कभारोसलाई ५-१ को नतिजामा पराजित गरेको छ।
घरेलु मैदान क्याम नोउमा भएको खेलको २७औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै कप्तान लियोनेल मेसीले बार्सिलोनाका लागि गोलको खाता खोलेका थिए।
पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा आन्सु फाटीले गोल गर्दै बार्साको अग्रता दोब्बर पारेका थिए।
फिलिपे काउटिन्होले ५२औं मिनेटमा गरेको गोलसँगै अग्रता ३-० मा लम्ब्याएको बार्सिलोनाले ७०औं मिनेटमा पेनाल्टीमा गोल खाएको थियो।
फेरेन्कभारोसका इहोर खरातिनले पेनाल्टीमार्फत सान्तवना गोल फर्काएका थिए। त्यसको १२ मिनेट नबित्दै बार्सिलोनाका पेड्रीले टोलीका लागि चौथो गोल गरे।
निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा ओसुमाने डेम्बेलेले पाँचौं गोल गर्दै जित निश्चित गरेका थिए।
त्यसअघि ६८औं मिनेटमा जेराड पिकेले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० जनामा सीमित भएको थियो।
जितसँगै तीन अङ्क जोडेको बार्सिलोना समूह 'जी'को शीर्ष स्थानमा छ। सोही समूह अन्तर्गत गए राति नै भएको अर्को खेलमा युभेन्टसले डाइनामो किभलाई २-० को नतिजामा पराजित गरेको थियो।
" /> एजेन्सी। पाँच फरक गोलकर्ताले १/१ गोलको योगदान गरेसँगै पाँच पटकको विजेता बार्सिलोनाले च्याम्पियन्स लिगमा फेरेन्कभारोसलाई ५-१ को नतिजामा पराजित गरेको छ।घरेलु मैदान क्याम नोउमा भएको खेलको २७औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै कप्तान लियोनेल मेसीले बार्सिलोनाका लागि गोलको खाता खोलेका थिए।

">