एजेन्सी। इङ्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको समूह 'ई'को पहिलो खेलमा स्पेनिस क्लब सेभियासँग गोलरहित बराबरी खेलेको छ।
चेल्सीको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि कुनै टोलीले रक्षापंक्ति छिचोल्न नसक्दा खेल बराबरीमा टुङ्गियो।
खेलमा चेल्सीले चार पटक सेभियाको गोलपोस्टमा प्रहार गरेको थियो भने सेभियाले तीन पटक फर्काएको थियो।
चेल्सीले जारी सिजन च्याम्पियन्स लिगको दोस्रो खेल अर्को मंगलबार राति क्रास्नोडारसँग खेल्ने छ।
त्यस्तै सेभियाले पनि सोही दिन फ्रेन्च क्लब रेनेसको सामना गर्नेछ।
सोही समूहअन्तर्गत भएको दोस्रो खेलमा पनि क्रास्नोडार र रेनेसले १-१ गोलको बराबरी खेलेका छन्।
घरेलु मैदानमा ५६औं मिनेटमा शेरोउ ग्विरासीले पेनाल्टीमार्फत गोल गर्दै रेनेसलाई अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेट नबित्दै क्रिस्टियन रेमिरेजले क्रास्नोडारका लागि बराबरी गोल फर्काएका थिए।
" /> एजेन्सी। इङ्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको समूह 'ई'को पहिलो खेलमा स्पेनिस क्लब सेभियासँग गोलरहित बराबरी खेलेको छ।चेल्सीको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि कुनै टोलीले रक्षापंक्ति छिचोल्न नसक्दा खेल बराबरीमा टुङ्गियो।

">