सिटीसँग चेल्सी पराजित, लिभरपुल अझै अपराजित

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा ७ मंसीर राति सम्पन्न खेलमा पूर्वविजेता चेल्सी साविक विजेता म्यानचेस्टर सिटीसँग २-१ गोलले पराजित भएको छ।

सिटीको घरेलु मैदानमा भएको खेलमा २१ औं मिनेटमा एंगोलो कान्टेको गोलबाट चेल्सीले अग्रता लिए पनि सिटीले उत्कृष्ट पुनरागमन गर्‍यो।

सिटीका लागि रियाज माहरेजले एक गोल गरे, अर्को गोल भने चेल्सीका कुर्ट जुमाबाट आत्मघाती हुनपुग्यो।

जितपछि सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी चौंथोमा पुगेको छ।

शीर्षस्थानको लिभरपुलले अपराजित यात्रा कायम राख्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्