पञ्जाबको लगातार तेस्रो जित, दिल्लीको तेस्रो हार
काठमाडौं। निकोलस पुरनको विस्फोटक अर्धशतकप्रेरित किङ्ग्स इलेभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार तेस्रो जित हासिल गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।
दिल्लीका लागि कीर्तमानी शतक बनाएका शिखर धवनले ६१ बलमा १२ चौका र ३ छक्कासहित १०६ रनको अविजित इनिङ खेलेका थिए।
अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा दिल्लीले ठूलो योगफल बनाउन सकेन। पञ्जाबका लागि मोहम्मद शामीले सर्वाधिक दुई विकेट लिएका थिए।
पञ्जाबका लागि अर्धशतक बनाएका पुरनले २८ बलमा ६ चौका र ३ छक्कासहित ५३ रन जोडे। त्यस्तै ग्लेन मेक्सवेल ३२, क्रिस गेल २९, केएल राहुल १५ रन बनाएर आउट हुँदा दीपक हुडा १५ तथा जेम्स निशम १० रनमा अविजित रहे।
जितसँगै पञ्जाब १० खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
पराजित दिल्ली १० खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्