पञ्जाबविरुद्ध पहिले ब्याटिङ गर्दै दिल्ली
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले किङ्ग्स इलेभेन पञ्जाबविरुद्ध टस जितेर ब्याटिङ रोजेका छन्।</p>
<p>नेपाली समय अनुसार ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दिल्ली आठौं जितको खोजीमा हुनेछ।</p>
<p>त्यस्तै समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न पञ्जाब पनि यो खेल जित्नै पर्ने दबाबमा छ।</p>
<p>केही समय अगाडि चोटका कारण मैदान बाहिर रहेका दिल्लीका रिषभ पन्त पनि टोलीमा फर्किएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
