एजेन्सी। सनसनीपूर्ण तरिकामा सिजनको सुरुआत गरेपछि स्विडिस भेट्रान स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले एसी मिलानसँगको सम्झौता लम्ब्याउने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
जनवरीमा इटालियन सिरी ‘ए’ को टोलीमा फर्किएका ज्लाटानले अगस्टमा सम्झौता नवीकरण गर्दै २०२०-२१ को सिजनभरी सान सिएरोमै बस्ने पक्का गरेका थिए। तर नयाँ सिजनको सुरुआतसँगै उनी २०२२ सम्म मिलानमै बस्न तयार भएको बताइएको छ। क्लब पनि ज्लाटानलाई थप समय आफूसँग राख्न आतुर रहेको समाचारहरुमा उल्लेख छ।
इटालीको सञ्चार माध्यम कोरियर डेला सेराका अनुसार ज्लाटानका एजेन्ट मिनो राइओलाले २०२२ सम्म भेट्रान स्ट्राइकरको बसाई मिलानमै लम्बाउने योजनामा काम सुरु गरिसकेका छन्।
नयाँ सिजनमा सिरी ‘ए’को शीर्ष टोली मिलानका लागि ३९ वर्षे फरवार्डले दुई खेलमा चार गोल गरिसकेका छन्। सप्ताहन्तमा सहरी प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्धको मिलान डर्बीमा उनले दुई गोल गरेका थिए। गत सिजनमा ज्लाटानले १८ खेल खेल्दै १० गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका थिए।
" /> एजेन्सी। सनसनीपूर्ण तरिकामा सिजनको सुरुआत गरेपछि स्विडिस भेट्रान स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले एसी मिलानसँगको सम्झौता लम्ब्याउने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।जनवरीमा इटालियन सिरी ‘ए’ को टोलीमा फर्किएका ज्लाटानले अगस्टमा सम्झौता नवीकरण गर्दै २०२०-२१ को सिजनभरी सान सिएरोमै बस्ने पक्का गरेका थिए। तर नयाँ सिजनको सुरुआतसँगै उनी २०२२ सम्म मिलानमै बस्न तयार भएको बताइएको छ। क्लब पनि ज्लाटानलाई थप समय आफूसँग राख्न आतुर रहेको समाचारहरुमा उल्लेख छ।

">