एजेन्सी। पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टचेलले च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलअघि पाउल पोग्बाको प्रशंसा गर्ने क्रममा उनी विश्वकै सर्वोत्कृष्ट मिडफिल्डरमध्ये एक भएको बताएका छन्।
च्याम्पियन्स लिगको नयाँ सिजनअन्तर्गत समूह ‘एच’को पहिलो खेलका लागि पिएसजीले आज राति युनाइटेडलाई घरेलु मैदानमा निम्त्याउँदैछ।
युनाइटेडका फ्रान्सेली मिडफिल्डर पोग्बा केही सअयअघि फ्रेन्च लिग वानको च्याम्पियन पिएसजी सरुवा हुने चर्चा चलेको थियो।
“पोग्बा विश्वकै सर्वोत्कृष्ट मिडफिल्डरमध्ये एक हुन्। ब्रुनो फर्नान्डेज ‘डिप पास’ खेल्न माहिर छन्। काउन्टर अट्याकमा उनीहरु खतरनाक हुन सक्छन्। हामीले उनीहरुलाई रोक्न सक्नुपर्छ,” टचेलले भने, “पोग्बाजस्ता खेलाडीको साथका कारण आक्रमणमा उनीहरु युरोपकै खतरनाक टिम हुन्।”
" /> एजेन्सी। पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टचेलले च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलअघि पाउल पोग्बाको प्रशंसा गर्ने क्रममा उनी विश्वकै सर्वोत्कृष्ट मिडफिल्डरमध्ये एक भएको बताएका छन्।च्याम्पियन्स लिगको नयाँ सिजनअन्तर्गत समूह ‘एच’को पहिलो खेलका लागि पिएसजीले आज राति युनाइटेडलाई घरेलु मैदानमा निम्त्याउँदैछ।

">