दोस्रो सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको नाटकीय जित

काठमाडौं। कप्तान केएल राहुलको अर्धशतक प्रेरित किङ्ग्स इलेभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो।

मुम्बईका लागि डी ककले ४३ बलमा ३ चौका र छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै क्रुनाल पान्डेया र कइरोन पोलार्डले ३४/३४ तथा नाथान कोल्टरनाइलले २४ रनको योगदान गरे।

पञ्जाबका लागि मोहम्मद शामी र अर्शदीप सिंहले २/२ विकेट लिएका थिए।

१७७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा १७६ रन मात्र बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो।

पहिलो सुपर ओभर पनि बराबरीमा टुङ्गिएपछि दोस्रो सुपर ओभरमा पञ्जाबले नाटकीय जित हासिल गर्‍यो।

जितसँगै पञ्जाबले ९ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा फड्को मारेको छ। समान खेलबाट १२ अंक जोडेको पराजित मुम्बईले शीर्ष स्थानमा जाने मौका गुमायो।

प्रतिक्रिया दिनुहोस्