डी ककको अर्धशतकमा मुम्बईले पञ्जाबलाई दियो १७७ रनको लक्ष्य
<p>काठमाडौं। क्विन्टन डी ककको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङ्ग्स इलेभेन पञ्जाबलाई १७७ रनको लक्ष्य दिएको छ।</p>
<p>दुबई अन्तर्राष्ट्रिय किकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल तयार पार्‍यो।</p>
<p>मुम्बईका लागि डी ककले ४३ बलमा ३ चौका र छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ खेले।</p>
<p>त्यस्तै क्रुनाल पान्डेया र कइरोन पोलार्डले ३४/३४ तथा नाथान कोल्टरनाइलले २४ रनको योगदान गरे। पञ्जाबका लागि मोहम्मद शामी र अर्शदीप सिंहले २/२ विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्
