अग्रता जोगाउन नसक्दा ब्राइटनसँग बराबरीमा रोकियो क्रिस्टल प्यालेस
एजेन्सी। पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेस इङ्लिस प्रिमियर लिगमा ब्राइटन एन्ड होभ अल्बियनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

प्यालेसको मैदानमा भएको खेलको १८औं मिनेटमा भ्रमणकारी ब्राइटनका ताेरक ल्याम्प्टीले घरेलु टोलीका मिची बाट्सुवाईमाथि १८ यार्ड बक्समा फाउल गरेपछि पेनाल्टी पाएको थियो।

सोही पेनाल्टीको सदुपयोग गर्दै प्यालेसका स्टार फरवार्ड विलफ्रेड जाहाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको ब्राइटनले ९०औं मिनेटमा एलेक्सिस म्याक अल्लिस्टेरले गरेको गोलमा बराबरी गरेको थियो।

इन्जुरी समयमा प्यालेसका गेरी काहिलमाथि खराब ट्याकल गर्दा ब्राइटनका कप्तान लेविस डन्कले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो।

तर, कम समयमा एक खेलाडी कम भएको फाइदा उठाउन नसक्दा क्रिस्टल प्यालेस जारी सिजनको तेस्रो जित निकाल्नबाट वञ्चित रह्यो।

बराबरीसँगै ५ खेलबाट ७ अंक जोडेको प्यालेस तालिकाको १२औं स्थानमा छ भने समान खेलबाट ४ अंकसहित ब्राइटन १६औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्