हैदराबादविरुद्ध सुपर ओभरमा कोलकाता विजयी
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ।</p>
<p>अबुधावीस्थित शेख जाइद रंगशालामा टस जितेर फिल्डिङ रोजेको हैदराबादले १६४ रनको विजय लक्ष्य पाएको थियो। कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रनको योगफल तयार गरेको थियो।</p>
<p>जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर समान १६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।</p>
<p>सुपर ओभरमा हैदराबाद २ रनमा सीमित हुँदा कोलकाताले सहज जित हासिल गर्‍यो।</p>
प्रतिक्रिया दिनुहोस्
