पञ्जाबविरुद्ध पहिले ब्याटिङ गर्ने मुम्बईको निर्णय
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिने होडमा भएको मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जाबविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।</p>
<p>दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार सुरु हुने खेलमा मुम्बई जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा फर्किन चाहन्छ।</p>
<p>त्यस्तै, समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दबाबमा भएको पञ्जाब पनि यो खेलबाट दुई अंक हासिल गर्न चाहन्छ।</p>
<p>जारी सिजनको पहिलो लेगमा मुम्बईले ४८ रनको जित हासिल गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
