काठमाडौं। नव प्रवेसी क्याडिजले गएराति स्पेनिस ला लिगाको सविक विजेता रियाल मड्रिडलाई स्तब्ध बनाएको छ।
रियाल घरेलु मैदानमा क्याडिजसँग १-० ले पराजित भएको हो।
एन्थोनी लोजानोले १६औं मिनेटमा गरेको गोल क्याडिजको गोलमा निर्णायक बन्यो। यससँगै भ्रमणकारी क्याडिजले रियालविरुद्ध ३० पछि पहिलो पटक विजयी नतिजा निकाल्यो।
जिनेदिन जिदानको रियालले बल पोसेसन राम्रो राखे पनि विपक्षी पोष्टमा दुई मात्र राम्रो आक्रमण गर्न सफल भएको थियो।
लुका जोभिकको प्रहार थोरैले बहिरिएको थियो भने करिम बेन्जेले गरेको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए। खेल सकिन १० मिनेट बाँकी छँदा बेन्जेमाले हानेको प्रहार बारमा लागेको थियो।
यसँगै रियालको अपराजित यात्रा १५ खेलमा टुंगिएको छ। क्याडिज १४ पछि स्पेनिस ला लिगामा फर्किएको हो।
हारका बाबजुद पाँच खेलबाट १० अंक जोडेको रियाल शीर्ष स्थानमा यथावत छ भने ६ खेलबाट १० अंक नै जोडेको क्याडिज तेस्रो स्थानमा छ। समान दश अंक जोडेको गेटाफे दोस्रो तथा ग्रानाडा चौथो स्थानमा छ।
ग्रानाडाले युरोपा लिग विजेता सेभियालाई १–० ले पराजित गरेको थियो भने गेटाफेले बार्सिलोनालाई समान अन्तरमा हराएको थियो।
" /> काठमाडौं। नव प्रवेसी क्याडिजले गएराति स्पेनिस ला लिगाको सविक विजेता रियाल मड्रिडलाई स्तब्ध बनाएको छ।रियाल घरेलु मैदानमा क्याडिजसँग १-० ले पराजित भएको हो।

">