काठमाडौं। सुरुमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सीले गएराति इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनसँग ३-३ को बराबरी खेलेको छ।
घरेलु मैदानमा अंक बाड्नु परेपछि चेल्सी प्रशिक्षक फ्रांक लामपार्डले खेलाडीले व्यक्तिगत कमजोरी सुधारमा गर्नुपर्ने बताए।
जेन्निक वेस्टरगार्डले इन्जुरी समयमा गोल गरेपछि भ्रमणकारी साउथह्याम्पटनले अंक जोड्न सफल भयो। थियो वाल्कटको फ्रीकिक राम्रोसँग क्लियर नभएको बलमा वेस्टरगार्डले हानेको भली प्रहारलाई चेल्सीका गोलकिपर केपा अरिजाबालागाले ठम्याउन सकेनन्।
चेल्सीले सबै गोल रक्षापंक्तिले गरेको गल्तीमा खाएको थियो। काई हाभार्टजले गरेको गल्तीको फाइदा उठाउँदै साउथह्याम्पटनले पहिलो गोल गरेको थियो। चे एडम्सले हाभार्टजबाट बल खोसेर दिएको पासलाई ड्यानी इङ्सले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
कोर्ट जोउमाको राम्रोसँग ब्याक पास नदिँदा गोलकिपर केपाले राम्रोसँग बल नियन्त्रणमा लिन सकेनन्। त्यसकै फाइदा लिँदै एमम्सले साउथम्याम्पटनका लागि दोस्रो गोल गरेका थिए।
‘‘हामीले त्यस्तो गोल खानु हुँदैनथ्यो,’’ चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘‘हाम्रो खेलाडीहरूले व्यक्तिगतरूपमा गल्ती गरे। जसले गर्दा अर्को टीमले मौका पायो। हामीले त्यो पक्षमा सुधार गर्नुपर्छ। हामीले प्रिमियर लिगमा धेरै गोल देखेका छौं। तर यस्तो गोल खानुपर्दा कुनै पनि प्रशिक्षक खुसी हुन सक्दैन।’’
चेल्सीले टिमो वेर्नरको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो। वेर्नरले नै २८औं मिनेटमा अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा वेर्नरकै पासमा हाभार्टजले तेस्रो गोल गरेका थिए।
बराबरीसँगै पाँच खेलबाट आठ अंक जोडेको चेल्सी छैटौं स्थानमा छ। समान खेलबाट सात अंक जोडेको साउथह्याम्पटन दशौं स्थानमा छ।
" /> काठमाडौं। सुरुमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सीले गएराति इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनसँग ३-३ को बराबरी खेलेको छ।घरेलु मैदानमा अंक बाड्नु परेपछि चेल्सी प्रशिक्षक फ्रांक लामपार्डले खेलाडीले व्यक्तिगत कमजोरी सुधारमा गर्नुपर्ने बताए।

">