काठमाडौं। एबी डी भिलियर्सको आक्रमक अर्धशतक तथा क्रिस मोरिसको चार विकेटप्रेरित रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ।
डी भिलियर्सले २२ बलमा अविजित ५५ रन बनाएपछि १७८ रनको लक्ष्य बैंगलोरले १९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो। डी भिलियर्सले २२ बलमा ६ छक्का र एक चौका प्रहार गरे। आईपीएलमा व्यक्तिगत ४,००० रन पूरा गरेका डी भिलियर्सले गुरकिरात सिंहसँग चौथो विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए।
.jpeg)
त्यसअघि कप्तान विराट कोहलीले ओपनर देवदत्त पाडिक्कलसँग दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। कोहलीले ४३ तथा पाडिक्कलले ३५ रन बनाए। एरोन फिन्चले १६ रन बनाउँदा सिंह १९ रनमा अविजित रहे।
राजस्थानका राहुल तेबाटिया, कार्तिक त्यागी, श्रेयस गोपालले एक एक विकेट लिए।
त्यसअघि स्टिभ स्मिथले ५७ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाएर १७७ रन बनाएको थियो। स्मिथले ३६ बलमा ६ चौका र एक छक्का प्रहार गरे। ओपनर रोबिन उथप्पाले ४१ रन बनाउँदा जोस बट्लरले २४, तेवाटियाले अविजित १९ तथा बेन स्टोक्सले १५ रन बनाएका थिए।
बैंगलोरका मोरिसले चार ओभरमा २६ रन दिएर चार विकेट लिए। युजभेन्द्र चाहलले चार ओभरमा ३४ रन दिएर दुई विकेट लिए।
जितसँगै बैंगलोरले ९ खेलबाट १२ अंक जोडेको छ। मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको समान १२ अंक भए पनि रनरेटका आधरमा बैंगलोर तेस्रो स्थानमा छ। मुम्बई र दिल्लीले एक खेल कम खेलेका छन्। ९ खेलबाट ६ अंक जोडेको राजस्थान सातौं स्थानमा छ।