काठमाडौं। इन्जुरीमा समयमा कप्तान रोबर्ट हेन्डर्सनले गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर) ले मान्यता नदिएपछि मर्सीसाइड डर्बीमा साविक विजेता लिभरपुलले एभर्टनसँग बराबरीमा चित्त बुझाएको छ।
पाँच मिनेट इन्जुरी समयको दोस्रो मिनेटमै हेन्डर्सनले गोल गरेका थिए। हेन्डर्सनले सडियो मानेको गोलमा गोल गरेका थिए। तर माने अफसाइड बसेर पास दिएका कारण भीएआरले हेन्डर्सनको गोललाई मान्यता दिएन। यससँगै १० खेलाडीमा सीमित एभर्टनसँग लिभरपुलले २-२ को बराबरीमा चित्त बुझाउनु पर्यो।
९०औं मिनेटमा रिचार्डलिसनले रातो कार्डको सामना गरेपछि एभर्टन १० खेलाडी सीमित बनेको थियो। त्यसअघि भ्रमणकारी लिभरपुलले गुडिसन पार्कमा दुई पटकको अग्रता जोगाउन सकेन।
एन्ड्रयू रोबर्टसनको पासमा मानेले गरेको गोलबाट लिभरपुलले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १९औं मिनेटमा माइकल केनले हामेस रोडरिग्वेजको पासमा बराबरी गोल फर्काए। ७२औं मिनेटमा मोहम्मद सालाहले गरेको गोलबाट लिभरपुलले पुनः अग्रता लियो। ८१औं मिनेटमा डोमिनिक कालभर्ट-लेविनले बराबरी गोल फर्काए। उनले लुकास डिग्नेको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।
बराबरीका बाबजुद पाँच खेलबाट १३ अंक जोडेको एभर्टन शीर्ष स्थानमा यथावत छ। लिभरपुल १० अंकका साथ दोस्रो स्थानमा छ।
" /> काठमाडौं। इन्जुरीमा समयमा कप्तान रोबर्ट हेन्डर्सनले गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर) ले मान्यता नदिएपछि मर्सीसाइड डर्बीमा साविक विजेता लिभरपुलले एभर्टनसँग बराबरीमा चित्त बुझाएको छ।पाँच मिनेट इन्जुरी समयको दोस्रो मिनेटमै हेन्डर्सनले गोल गरेका थिए। हेन्डर्सनले सडियो मानेको गोलमा गोल गरेका थिए। तर माने अफसाइड बसेर पास दिएका कारण भीएआरले हेन्डर्सनको गोललाई मान्यता दिएन। यससँगै १० खेलाडीमा सीमित एभर्टनसँग लिभरपुलले २-२ को बराबरीमा चित्त बुझाउनु पर्यो।

">