फ्रेन्च लिगवान्मा डिजोन र रेनेसले बराबरी खेले
यसअघि खेलेका ६ मध्ये ५ खेल हारेर एक बराबरीको नतिजा निकालेको डिजोनले गएरातिको बराबरीसँगै २ अंक बनाएको छ।
घरेलु मैदानमा भएको खेलको २४औं मिनेटमा रेनेसका मार्टिन टेरिरले गरेको गोलसँगै डिजोन पहिलो हाफमा १-० ले पछाडि परेको थियो।
दोस्रो हाफमा आक्रामक शैली अपनाएको डिजोनका लागि ५३औं मिनेटमा मामा बाल्डेले बराबरी गोल फर्काएका थिए।
थप समयमा दुवै तर्फबाट गोल हुन नसक्दा घरेलु मैदानमा डिजोनले एक अंकमा चित्त बुझायो।
बराबरीसँगै ७ खेलबाट १५ अंक जोडेको रेनेस तालिकाको दोस्रो स्थानमा छ भने डिजोन पुछारमा छ।
शीर्ष स्थानको पेरिस सेन्ट जर्मनको समान खेलबाट १५ अंक छ।
प्रतिक्रिया दिनुहोस्