काठमाडौं। इरिक म्याक्सिम चौपो-मोटिङले डेब्यु खेलमै दुई गोल र अर्काेमा सहभागी बनेपछि बायर्न म्युनिखले जर्मन कपमा डुरेनमाथि ३-० को सहज विजय हासिल गरेको छ।
एलिनाज एरिनामा गएराति साविक विजेता बायर्नको जितमा चौपो-मोटिङले दुई गोल गरे भने थोमस मुलरले गरेको गोलमा अवसर सिर्जना गरिदिएका थिए।
क्यामरुनका ३१ वर्षे चौपो-मोटिङ यसै सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्री ट्रान्सफरमा बायर्न आएका थिए।
बायर्नका प्रशिक्षक हान्सी फ्लिकले पाँचौ श्रेणीको डुरेनविरुद्ध टीममा दोस्रो रोजाइका खेलाडीलाई मौका दिएका थिए। बायर्नमा पहिलो रोजाइका खेलाडी अहिले अन्तर्राष्ट्रिय खेलका कारण बिदामा छन्।
बायर्नले २४औं मिनेटमा अग्रता लिएको थियो। बोउन सारको पासमा चौपो–मोटिङले भ्रमणकारी बायर्नलाई अग्रता दिएका थिए। ३६औं मिनेटमा मुलरले अग्रता दोब्बर बनाए। मुलरले पेनाल्टीमा गोल गरेका हुन्।
पेनाल्टी क्षेत्रमा चौपो–मोटिङलाई सोविचले फाउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी अवसर दिएको थियो। खेल सकिन १५ मिनेट बाँकी हुँदा चौपो–मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै टीमको जित पक्का गरे।
" /> काठमाडौं। इरिक म्याक्सिम चौपो-मोटिङले डेब्यु खेलमै दुई गोल र अर्काेमा सहभागी बनेपछि बायर्न म्युनिखले जर्मन कपमा डुरेनमाथि ३-० को सहज विजय हासिल गरेको छ।एलिनाज एरिनामा गएराति साविक विजेता बायर्नको जितमा चौपो-मोटिङले दुई गोल गरे भने थोमस मुलरले गरेको गोलमा अवसर सिर्जना गरिदिएका थिए।

">