बेङ्ग्लोरविरुद्ध १७२ रनको लक्ष्य पछ्याउँदै पञ्जाब

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब समयबाट गुज्ररहेको किङ्‍ग्स एलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्‍गलोरविरुद्ध १७२ रनको विजय लक्ष्य पाएको छ।

शारजाह क्रिकेट रंगशालामा कप्तान विराट कोहलीले ब्याटिङ गर्ने निर्णय गरेपछि क्रिजमा उत्रिएको बेङ्‍गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो।

बेङ्‍गलोरका लागि कप्तान कोहलीले सर्वाधिक ४८, क्रिस मोरिसले २५ र शिवम डुबेले २३ रनको योगदान गरे।

पञ्जाबका लागि मुरुगान आश्विन र मोहम्मद शामीले २/२ विकेट लिए।

बेङ्‍गलोर हालसम्मका सात खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने पञ्जाब समान खेलबाट २ अंक मात्रै जोडेर पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्