राजस्थानलाई पराजित गर्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौं। राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघिका ७ खेलमा दुई हार र पाँच जित निकालेको दिल्लीले यो जितसँगै ८ खेलबाट १२ अंक जोडेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो।

दिल्लीका ओपनर पृथ्वी शह गोल्डेन डक आउट हुँदा अर्का ओपनर शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

अजिङ्क्य राहाणे २ बलमा पेभेलियन फर्किँदा कप्तान श्रेयस ऐयरले ४३ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाएर आउट भएका थिए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

राजस्थानका लागि जोफ्रा आर्चरले ३ तथा जयदेव उनदकटले २ विकेट लिएका थिए।

१६२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो।

राजस्थानका लागि ओपनर बेन स्टोक्सले ४१ तथा जोस बटलरले २२ रनको योगदान गरेका थिए। त्यस्तै रविन उथप्पाले ३२ तथा सञ्जु सेमसनले २५ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

दिल्लीका लागि अनरिच नोखिया र तुषार देशपांडेले २/२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्