दिल्लीले राजस्थानलाई दियो १६२ रनको लक्ष्य

काठमाडौं। कप्तान श्रेयस ऐयर र शिखर धवनको अर्धशतक मद्दतमा दिल्ली क्यापिटल्सले आईपीएलमा आज राजस्थान रोयल्सलाई १६२ रनको विजय लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनको योगफल तयार पार्‍यो।

दिल्लीका ओपनर पृथ्वी शह गोल्डेन डक आउट हुँदा अर्का ओपनर शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ खेले।

अजिङक्य राहाणे २ बलमा पेभेलियन फर्किँदा कप्तान श्रेयस ऐयरले ४३ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाएर आउट भए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

राजस्थानका लागि जोफ्रा आर्चरले ३ तथा जयदेव उनदकटले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्